नेपाली पूँजी बजारमा नयाँ लगानीकर्ता थपिने क्रम दिनानुदिन बढ्दै गइरहेको छ । धेरै जसो लगानीकर्ताहरू आईपीओको माध्यमबाट सेयर बजारमा प्रवेश गर्दछन् ।
सरकार तथा कम्पनीहरुले आफूलाई आवश्यक पुँजी संकलनका लागि जारी गर्ने वित्तीय औजार नै सेयर हो । आईपीओ, हकप्रद, ऋणपत्र, बन्ड, सामूहिक लगानी कोष आदि सेयरका उदारणहरु हुन् । सेयरलाई धितोपत्र पनि भन्न सकिन्छ । कुनै पनि कम्पनीको सेयर हुनु भनेको त्यो कम्पनीमा आफ्नो स्वामित्व हुनु हो ।






