अप्पर स्याङ्गे हाइड्रोपावरमा अन्तिम दिनसम्म झण्डै १३ लाखले गरे आवेदन, १२ लाख बढीको हात खाली हुने


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अप्पर स्याङ्गे हाइड्रोपावरमा अन्तिम दिनसम्म झण्डै १३ लाखले गरे आवेदन, १२ लाख बढीको हात खाली हुने

अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले असार १० गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेको शेयरमा झण्डै १३ लाखको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बुधबार साँझ ५ः०५ बजेसम्ममा १२ लाख ८२ हजार ४६३ आवेदनबाट १ अर्ब ३९ करोड ६४ लाख ७१ हजार रुपैयाँ बराबरको १ करोड ३९ लाख ६४ हजार ७१० कित्ता शेयरको लागि आवेदन परेको हो ।

कम्पनीले जारी पूँजी २२ करोड रुपैयाँको १० प्रतिशतले दरले हुने आउने २ करोड २० लाख रुपैयाँ बराबरको २ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानिय बासिन्दाहरुलाई निष्काशन गरिसकेको छ ।

बाँकी २९.५५ प्रतिशत अर्थात ६ लाख ५० हजार कित्ता शेयरको १० प्रतिशत अर्थात ६५ हजार कित्ता बैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि, ५ प्रतिशत अर्थात ३२ हजार ५०० कित्ता सामुहित लगानी कोषलाई र २ प्रतिशत अर्थात १३ हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई छुट्टाइएको छ । त्यस पश्चात बाँकी रहेको ५ लाख ३९ हजार ५०० कित्ता शेयर मात्रै सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।

Read More
  • EBL Ad news