घलेम्दी हाइड्रोपावरले चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति पाएको छ। विद्युत नियमन आयोगले कम्पनीलाई १ बराबर २ शेयरको अनुपातमा हकप्रद जारी गर्न स्वीकृति प्रदान गरेको हो।
कम्पनीले हकप्रद निष्काशनको लागि बुधबार स्वीकृति प्रदान गरिएको विद्युत नियमन आयोगका सचिव गोकर्ण राज पन्थले बताए।
कम्पनीले सांग्रिला उर्जा प्रा.लि.द्वारा प्रवर्द्धित संखुवासभामा रहेको छुजुङ्ग खोला जलविद्युत आयेजनामा कम्तिमा ५१ प्रतिशत शेयर कायम हुनेगरी लगानी गर्न १ बराबर २ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले सो प्रयोजनार्थ हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगमा आवेदन दिने र निर्णय गरेको थियो।






