काठमाडौं : बढेको बजारबाट ट्रेडरले नाफा सुरक्षित गर्दा बुधबार नेप्से सूचक प्रभावित भएको छ । तर बजारले २२ सयको मनोवैज्ञानिक विन्दुलाई पार गरेर करेक्सनमा गएको हो । यस दिन नेप्से सूचक ३५.३७ अंकले घटेर २१५०.९९ विन्दुमा अडिएको छ । झन्डै ६ अर्ब रपैयाँ (५ अर्ब ९७ करोड २२ लाख रुपैयाँ) को सेयर कारोबार भएको छ । ३ कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।
बजार खुल्ने वित्तिकै नेप्से २२ सय विन्दु माथि गएको थियो । त्यसपछि भने बजारमा नाफा बुक गर्नेहरु हावी भए, फलस्वरुपः बजार पुनः घटेर २२ सय विन्दुभन्दा तल आएको हो ।
करेक्सन आउँदै बजार अघि बढ्नुले थप मजुबत भइरहेको कतिपय विश्लेषकहरुको भनाई रहेको छ । बेलाबेला प्रोफिट बुक हुँदा सूचक पनि करेक्सन हुने गर्छ, यसले बजारलाई अझै बलियो बनाउन सहयोग गर्ने जानकारहरु बताउँछन् । यस्तै, घटेका बेला नयाँ लगानीकर्तालाई खरिद गर्ने मौका पनि हुन्छ । नाफा भएकाले त्यसलाई बुक गर्ने अवसर पनि पाइरहेका हुन्छन् ।






