भारतीय शेयर बजारले बनायाे नयाँ अलटाइम हाइ


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भारतीय शेयर बजारले बनायाे नयाँ अलटाइम हाइ

जुन २८, २०२३ अर्थात आज भारतीय शेयर बजार अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। यस दिन प्रि–ओपनिङको समयमा सेन्सेक्सले ६३ हजार ७१६ विन्दुसम्म पुगेको छ। तर, नियमति कारोबार खुल्दा भने सेन्सेक्स २८५ अंकले बढेर ६३ हजार ७०१ विन्दुमा खुलेको छ।

अर्कोतर्फ, निफ्टी ९१ अंकले बढेर १८ हजार ९०८ विन्दुमा खुलेको छ। यस अघि यसै महिनामा अर्थात जुन २२ मा भारतीय शेयर बजारले अहिलेसम्मकै उच्च बनाएको थियो। त्यतिखेर सेन्सेक्स ६३ हजार ६०१ विन्दुमा पुगेको थियो।

यस वर्ष हालसम्म बजारमा ४ प्रतिशतभन्दा बढी वृद्धि

यस वर्ष भारतीय शेयर बजारमा अहिले ठूलो वृद्धि देखिएको छ। यो वर्षको सुरुमा अर्थात जनवरी २ मा सेन्सेक्स ६१ हजार १६७ मा थियो, जुन अहिले (जुन २८) ६३ हजार ७१६ अंकमा पुगेको छ। यो वर्ष अहिलेसम्म ४ प्रतिशत अर्थात २ हजार ५४९ अंकभन्दा बढि बढेको छ। विज्ञहरूका अनुसार यो उछाल अझै जारी रहनेछ।

Read More
  • EBL Ad news