काठमाडौं : नेप्सेले २२ सयको मनोवैज्ञानिक विन्दु क्रस गरेको छ । बजार खुल्ने बित्तिकै बजार दोहोरो अंकले बढेपछि सूचक २२ सय विन्दु माथि उक्लिएको हो । यसअघि गत माघा बजार इन्ट्रा डे मा २२७८ विन्दुसम्म पुगे पनि क्लोजिङ भने २२ सय भन्दा मुनि आएर भएको थियो । बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गर्दा त्यसको सकारात्मक प्रभाव सेयर बजारमा परिरहेको छ ।
ब्याजदर पनि सस्तो हुँदै गएको छ । यही कारण बजारमा आम लगानीकर्ता उत्साहित देखिएका हुन् । यो समाचार तयार पार्दासम्म (करिब ११ः०७ बजे) नेप्से स्रूचक करिब १७ अंकले बढ्दा करिब २५ करोड रुपैयाँको सेयर कारोबार भइसकेको छ ।






