आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा ३८ करोड ५५ लाख ४७ हजार ३ सय ३४ रुपैयाँ बराबरको आवेदन परेको छ ।
सीडीएसका अनुसार आज (बुधबार) बिहान १०ः५ मिनेटसम्म १९ हजार ८०३ जनाले १६ लाख २७ हजार ४ सय कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले असार १ गतेदेखि प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन खुला गरेको हो ।








