तेह्रथुम पावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
तेह्रथुम पावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं : तेह्रथुम पावर कम्पनी लिमिटेडले १००% हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । यस कम्पनीको मंगलबार (असार १२ गते) बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । 

हकप्रद सेयर स्वीकृतिका लागि सो प्रस्ताव साधारण सभामा पेश हुनेछ । उक्त प्रस्ताव सभाबाट पारित भएर नियामक निकायहरुको अनुमतिपछि मात्र सेयर जारी हुनेछ । कम्पनीले हकप्रद सेयरबाट प्राप्त रकम खोरुङ्गा ताङ्गमाया खोला जलविद्युत आयोजना निर्माण गर्न प्रयोग गर्ने जनाएको छ । हाल यस हाइड्रोपावरको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । १०० % हकप्रद सेयर जारी गरेपछि यसको पुँजी ८० करोड रुपैयाँ पुग्नेछ ।

Read More
  • EBL Ad news