बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीको असार १२ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुंजी १:१ को अनुपातमा १०० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने तथा विद्युत नियमन आयोगबाट सहमति लिई स्वीकृतीका लागि आगामी साधारण सभामा पेश गर्ने निर्णय गरेको हो।
विद्युत नियमन आयोगले स्वीकृति दिएपछि , कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।





