५६ अंक बढेको बजारमा बैंकिङ, फाइनान्स र माइक्रोफाइनान्समा आकर्षण


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
५६ अंक बढेको बजारमा बैंकिङ, फाइनान्स र माइक्रोफाइनान्समा आकर्षण

काठमाडौँ — मंगलबार सेयर बजारको परिसूचक नेप्से ५६.९४ अंक बढेको छ । सो अंकको वृद्धिपछि परिसूचक २१८६ अंकमा पुगेको छ । त्यस्तै ५ अर्ब ४७ करोड रुपैयाँ बराबरको कारोबार भयो । १८७ कम्पनीको मूल्य बढ्दा ३४ को घट्यो भने ४ को स्थिर रहृयो ।

यस दिन बैंकिङ, फाइनान्स र माइक्रोफाइनान्समा लगानीकर्ताको आकर्षण देखियो । बैंकिङ ३.९, फाइनान्स ४.४ र माइक्रोफाइनान्स उपसमूह ८.९ प्रतिशत बढ्यो । बैंकिङ ४८, विकास बैंक ५३, फाइनान्स ८३, होटल तथा पर्यटन ६०, जलविद्युत् ३९, जीवन बीमा ९४, माइक्रोफाइनान्स ३५३, अन्य ३१ अंक बढे । उत्पादन १०, निर्जीवन बीमा १५ र ब्यापार उपसमूह १८ अंक घटे । साढे २ दर्जन लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा स्वाभिमान लघुवित्त, शिवम् सिमेन्ट, सोल्टी होटल, आईजीआई प्रुडेन्सियल र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।

Read More
  • EBL Ad news