काठमाडौं : आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी ‘ओपन एआई’ ले ‘च्याट जीपीटी’ नामको सफ्टवेर सार्वजनिक गरेपछि प्रविधि क्षेत्रमा नयाँ तरंग आएको छ । सन् २०२२ नोभेम्बर ३० मा ओपन एआइले ‘च्याट जीपीटी’ सार्वजनिक गरेको थिए । त्यसयता, अन्य विभिन्न प्रविधि कम्पनीहरु पनि एआईको दौडमा सामिल भएका छन् ।
एआईमा देखिएको जनचासो र उत्साहले लगानीकर्तालाई पनि आकर्षित गर्यो । च्याट जीपीटी सार्वजनिक भएयता लामो समयसम्म गति लिन नसकेका प्रविधि कम्पनीको सेयर भाउमासमेत उछाल आएको छ । ‘च्याट जीपीटी’ सुरुवात भएदेखि हालसम्म एआई कम्पनीहरुको बजार पुँजीकरणमा उल्लेख रूपमा वृद्धि भएको छ ।








