काठमाडौं । अनलाईनमार्फत सट्टाबाजी खेल खेलाउने कार्यमा संलग्न चार जना पक्राउ परेका छन् । विभिन्न अनलाईन ग्याम्बलिङ अनलाईन क्यासिनो गेमहरूमा अनलाईन मार्फत बाजी राख्दा जितिन्छ भन्ने बिश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका ९ घर भई हाल काठमाडौं महानगरपालिका १४ कंलकी बस्ने २४ वर्षीय राजा चौधरी, बारा जितपुर सिमरा उपमहानगरपालिका ८ घर भई हाल काठमाडौं महानगरपालिका १४ कंलकी बस्ने २५ वर्षीय विबेक चौधरी, काठमाडौं महानगरपालिका २६ ठमेल बस्ने २५ वर्षीय रितेन्द्र प्रधान र नवलपरासी त्रिवेणी सुस्ता गाउँपालिका २ कुरिया घर भई हाल काठमाडौं महानगरपालिका २६ ठमेल बस्ने २४ वर्षीया आशा गुरुङ रहेका छन् ।








