काठमाडौँ पाउरोटी र सयपत्री कलर ल्याब जस्ता नबनुन् आईपिओ ल्याउने नयाँ कम्पनी


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
काठमाडौँ पाउरोटी र सयपत्री कलर ल्याब जस्ता नबनुन् आईपिओ ल्याउने नयाँ कम्पनी

कुनै समय नेपाल स्टक एक्सचेन्ज नेप्सेमा काठमाडौँ पाउरोटी उद्योग लिमिटेड, पोखरा पाउरोटी उद्योग लिमिटेड , इन्द्रेणी सोयाबिन उद्योग लिमिटेड जस्ता उत्पादन तथा प्रशोधन कम्पनी सुचिकृत थिए । ति कम्पनी केहि वर्ष मै बजारबाट हराए ।

सर्वसाधारणलाई आईपिओ निष्काशन गरेर सुचिकृत भएका ति कम्पनीबारे खासै खोजि भएको पाईदैन । त्यस्ता कम्पनी बजारबाट हराउनुमध्ये एक कारण थियो प्रत्यक्ष नियमनकारी निकाय नहुनु ।

अहिले बजारमा प्रत्यक्ष नियमनकारी निकाय नभएका कम्पनीहरुले सर्वसाधारणमा साधारण शेयर (आईपिओ) निष्काशन गर्ने क्रम बढेको छ। च्याउ उत्पादन गर्ने, चामल उत्पादन गर्ने, फिल्म हल चलाउने, इन्टरनेट सेवा दिने, टावर र कम्प्लेक्सदेखि स्टिल, तथा सिमेन्ट उद्योगहरु आईपिओ निष्काशन गर्न तत्पर भएका छन् । प्रत्यक्ष नियामक नभएका सिमेन्ट कम्पनी, इन्भेष्टमेन्ट कम्पनी, होटेल कम्पनी अहिले सुचिकृत पनि छन् । यस्ता कम्पनी बजारमा आउँदा विविधिकरण भए पनि सर्वसाधारणलाई जोखिम पनि उत्तिकै बढेको छ । हाल पुँजी बजारमा बैंक तथा वित्तीय संस्था, बीमा र हाइड्रो कम्पनीको हिस्सा अधिक छ। 

Read More
  • EBL Ad news