बर्षौदेखि शेयर बाँडफाँटमा एउटै कम्पनीको 'माेनोपोली', धितोपत्र बोर्डले नै नचिन्ने कम्पनीलाई कति विश्वास गर्ने ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बर्षौदेखि शेयर बाँडफाँटमा एउटै कम्पनीको 'माेनोपोली', धितोपत्र बोर्डले नै नचिन्ने कम्पनीलाई कति विश्वास गर्ने ?

सुवास निरौला

सोमबार नेपाल रिपब्लिक मिडिया लिमिटेडले निष्कासन गरेको शेयर बाँडफाँट भयो।

बिक्री प्रबन्धक मेगा क्यापिटलले काठमाडाैंको ठमेल स्थिति पाँच तारे होटेल ‘अलोफ्टमा’ बाँडफाँट गर्‍यो। यसअघि बाँडफाँटमा लगानीकर्तालाई बाहेक अरूलाई खासै चासो नहुने गरेकोमा सोमबारको बाँडफाँट भने एकाएक चर्चामा रहन पुग्यो। किनकि उक्त बाँडफाँटको प्रमुख अतिथिको भूमिकामा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ उपस्थित थिए। जसले गर्दा पनि खासै चर्चा नहुने बाँडफाँट कार्यक्रम चर्चामा आउन पुगेको हो।

हुन त बाँडफाँट कार्यक्रम त्यति ठुलो गरिँदैन। तैपनि गृहमन्त्रीकै उपस्थितिलाई भने सह्रानीय नै मान्नु पर्छ। तर गृहमन्त्री नै पुग्नु पर्ने हैसियतको कार्यक्रम भने थिएन। गृहमन्त्रीको उपस्थितिले एकातिर सामान्य कार्यक्रमलाई पनि मान्यता दिएको देखिएपनि धेरैले गृहमन्त्री निक्कै सस्ता भएको टिप्पणी गर्न भ्याए।

 एकातिर गृहमन्त्री सस्ता भएको टिप्पणी त भयो नै अर्कोतिर उनले नै बाँडफाँटमा अपनाइएको गोला प्रथाको बल निकाल्न लगाउने कम्पनीलाई धितोपत्र बोर्डले समेत चिन्दैन। त्यस्तो कम्पनीले अहिलेसम्म प्राथमिक शेयर बजारमा निष्कासन हुने शेयर बाँडफाँट गर्दै आइरहेको छ। प्राथमिक बजारमा निष्कासन हुने सबैजसो शेयरको बाँडफाँट प्रोफेसनल कम्प्युटर सिस्टम "पिसिएस" ले गर्ने गर्छ। पिसिएस बाहेक कुनै पनि कम्पनीले शेयर बाँडफाँट गर्दैनन्। प्राथमिक बजारमा विकल्प नभएको कारणले पनि सबैजसोले उसैलाई शेयर बाँडफाँटको जिम्मा दिने गरेका छन्। “पिसिएस बाहेक शेयर बाँडफाँट गर्ने अरू कम्पनी छैनन्। त्यही भएर पनि उसैलाई नचाहेर पनि जिम्मा दिनु पर्छ। एक प्रकारले बजारमा उसको मनोपोली छ भन्दा फरक पर्दैन,” एक मर्चेन्ट बैंकरले मेरो लगानीसँग भने।

Read More
  • EBL Ad news