पछिल्लो समय घोराही सिमेन्टको प्राथमिक निष्कासनले बजार तताएको छ। निष्कासनमा दुई गुणा भन्दा बढी आवेदन पर्दा समेत कम्पनीले निवेदन दिने म्याद थप गर्ने प्रक्रिया अघि बढाएपछि कम्पनीको निष्कासन संङ्काको घेरामा परेको थियो।
निष्कासन शङ्काको घेरामै मात्रै परेन, नेपाल धितोपत्र बोर्डले उक्त निष्कासन प्रक्रिया नै स्थगित गरेर छानबिन गरिरहेको छ। बोर्डका उप कार्यकारी निर्देशक दीपेश ताम्राकारको संयोजकत्वमा चार सदस्यीय जाँच बुझ कमिटी गठन गरी बोर्डले जाँचबुझ गरिरहेको जनाएको छ। जसमा फर्जी आवेदनको समेत जाँच बुझ गर्ने बताइएको छ।
यस अघि पनि विविध कारणले धेरै निष्कासनमा त्यस्ता निवेदन पर्ने गरेका थिए। तर यस भन्दा अघि बोर्डले त्यस्तो कुनै कदम चालेको थिएन। त्यसरी निवेदन दिन नहुने भनेर समेत कहीँ कतै कसैलाई भनिएको अवस्था थिएन। जसले गर्दा पनि त्यस्ता निवेदन दिनेको मनोबल बढ्दै जान थालेको थियो। जसले यस पटक घोराहीमा पुन त्यही विषय दोहोरियो। तर पहिले जस्तो सामान्य गरी उनीहरूको निवेदन क्यान्सिल भएन। अझै उनीहरूको १० लाख कित्ता भन्दा बढी आवेदन दिएर पर्याप्त पैसा नभएकै कारण निवेदन क्यान्सिल भएको भन्दै उनीहरूलाई कारबाही नै गर्ने कुरा अघि सारिँदै छ। जुन लगानीकर्ताको हितमा छैन।






