काठमाडौं : अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओमा ६५ करोड ३७ लाख २९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (असार ११ गते) साँझ ५ः०५ बजेसम्ममा यसमा ५ लाख ८८ हजार ७९५ जनाले ६५ लाख ३७ हजार २९० कित्ताका लागि आवेदन दिएका हुन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १२.११ गुणा बढी आवेदन हो ।
कम्पनीले आइतबार (असार १० गते) देखि ६ करोड ५० हजार रुपैयाँ बराबरको ६ लाख ५० हजार कित्ता सेयर आइपीओ बिक्रीमा ल्याएको हो । यसमध्ये १०% अर्थात ६५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ । त्यस्तै, ५% अर्थात ३२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि र २% अर्थात् १३ हजार कित्ता कर्मचारीलाई छुट्याइएको छ ।






