नेप्सेमा एक फण्डको इकाइहरु सूचिकृत, भोलिदेखि कारोबारमा आउने


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्सेमा एक फण्डको इकाइहरु सूचिकृत, भोलिदेखि कारोबारमा आउने

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक फण्डको इकाइहरु सूचिकृत भएको छ । स्टक अनुसार आज सोमबार आरविवि म्युचुअल फण्ड २  सूचिकृत भएको हो । आरबीबी मर्चेन्ट बैंकिङको सामूहिक लगानी कोष योजनाअन्तर्गत सञ्चालित हुने ‘आरबीबी म्युचुअल फन्ड–२’ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। 

यो योजनाका १० रुपैयाँ अंकित दरका कुल ८ करोड ४६ लाख ११ हजार ९२९ इकाइ नेप्सेमा सूचीकृत भएको हो। यो योजनाका कुल १२ करोड इकाइ बिक्री खुला गरिएकोमा वितरण गरिएको ८ करोड ४६ लाख ११ हजार ९२९ इकाइ नेप्सेमा सूचीकृत भएको हो। नेप्सेले यो योजनालाई ‘आरएमएफ२’ कारोबार संकेत प्रदान गरेको छ। यो योजनाका इकाइहरु भोलि (मंगलबार)बाट कारोबारमा आउनेछन्। 

Read More
  • EBL Ad news