काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ११.६९ अंकले बढेर २१२९.४९ बिन्दुमा पुगेको हो ।
सोमबार नेप्सेमा कुल २७९ कम्पनीको १ करोड १९ लाख ३ हजार ६ सय ८७ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्व ३१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ४२ करोड ५ लाख ९९ हजार ५ सय ८५ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ ।






