सेयर बजारमा उत्साह, ६ महिनायताकै उच्च कारोबार


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर बजारमा उत्साह, ६ महिनायताकै उच्च कारोबार

सेयर बजारमा ६ महिनायताकै उच्च कारोबार भएको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) पर्याप्त हुँदै जाँदा सेयर बजारमा उत्साह थपिएको हो, जसका कारण बजारमा ६ महिनायताकै उच्च कारोबार भएको हो ।

विगतमा निकै गिरावट आएको सेयर बजार पछिल्ला केही समयदेखि पुनः वृद्धिको दिशामा अगाडि बढिरहेको छ । गत साता केही सुस्त देखिएको बजारले यस साताको सुरूको दिन नै आक्रामक वृद्धि गरेको हो । आइतबार नेप्से परिसूचक ६३.२१ अंकले बढ्दै २११७.७३ विन्दुमा पुगेको छ, जुन ३.०३ प्रतिशतको वृद्धि हो ।

बजार रफ्तारमा बढ्दा कारोबार पनि बढेको छ । आइतबार ६ अर्ब ४९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । यो काराबोर ६ महिनायताकै उच्च हो । यसअघि गत पुस २६ मा ७ अर्ब ६५ करोडको कारोबार भएको थियो । त्यसदिन सेयर बजार २ हजार २७७ बिन्दुमा पुगेको थियो ।

Read More
  • EBL Ad news