काठमाडौं : नेपाल रिपब्लिक मिडियाको आइपीओ आज सोमबार असार ११ गते बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार आज सोमबार होटल अलफ्ट ठमेल, काठमाडौंमा बिहान १० बजे आइपीओ बाँडफाँट हुन लागेको हो । नेपाल रिपब्लिक मिडियाको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ ।
यसमा मागभन्दा ३.८४ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १२ लाख ८२ हजार ६३६ जनाले कुल १ करोड ३९ लाख २३ हजार ३८० कित्ताको लागि आवेदन दिएका छन् । जसमा ३ लाख ६१ हजार ९९८ जनाले मात्र सेयर हात पार्नेछन् ।






