काठमाडौं : अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओमा २७ करोड ८७ लाख ६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज साँझ ५.६ बजेसम्ममा यसमा २ लाख ५१ हजार ७९९ जनाले २७ लाख ८७ हजार ६० कित्ताका लागि आवेदन दिएका हुन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ५.१५ गुणा बढी आवेदन हो ।
कम्पनीले आज (असार १० गते) देखि ६ करोड ५० हजार रुपैयाँ बराबरको ६ लाख ५० हजार कित्ता सेयर आइपीओ बिक्रीमा ल्याएको हो । यसमध्ये १०% अर्थात ६५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ । त्यस्तै, ५% अर्थात ३२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि र २% अर्थात् १३ हजार कित्ता कर्मचारीलाई छुट्याइएको छ ।






