काठमाडौं । सानिमा बैंकले घातक रोगको बीमा दाबी रकम भुक्तानी गरेको छ । बैंकले ‘सानिमा दीर्घायु बचत योजना’अन्तर्गत रू. ३ लाख रुपैयाँ बैंकका खातावाला राममाया अधिकारीलाई घातक रोग बीमा रकम भुक्तानी गरेको हो ।
बालाजु कार्यालयका प्रबन्धक रामहरि अधिकारीले बीमा प्रदायक कम्पनी मेटलाइफको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ ।








