काठमाडौँ — साताको पहिलो दिन सेयर बजारको परिसूचक नेप्सेले २ हजार १ सय अंक नाघेको छ । बजार खुलेदेखि नै उकालो लागेको नेप्से अन्ततः बन्द हुादा अघिल्लो कारोबार दिनको तुलनामा ६२ अंक बढेर २११७ अंकमा कायम भएको हो ।
बजारका सबै उपसमूह बढेका छन् । बैंकिङ १२, विकास बैंक १७४, फाइनान्स ९८, होटल तथा पर्यटन ९३, जलविद्युत् ४६, जीवन बीमा ८९१, उत्पादन २३७, माइक्रोफाइनान्स ६८, निर्जीवन बीमा ६६६, अन्य ७९ र ब्यापार १३१ अंक बढे । कुल ६ अर्ब ४९ करोड रुपैयाँको धितोपत्र कारोबार भएको छ ।





