बजेटमा आईटी क्षेत्र उपेक्षित: न कुनै प्रवर्द्धन न कुनै कार्यक्रम


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बजेटमा आईटी क्षेत्र उपेक्षित: न कुनै प्रवर्द्धन न कुनै कार्यक्रम

काठमाडौं  । अथाह सम्भावना भएको सूचना प्रविधि (आईटी) क्षेत्रलाई सरकारी बजेटले बेवास्ता गरेको पाइएको छ । आगामी आर्थिक वर्ष (आव) २०८०/८१ का लागि सरकारले ल्याएको बजेटमा यस क्षेत्रको विकास, प्रवर्द्धन र उत्थानका लागि सरकारले प्रत्यक्ष रूपमा खुलाएर न कुनै कार्यक्रम राखेको छ, न त बजेट नै ।

यसले सम्भावना बोकेको आईटी क्षेत्र सरकारको उपेक्षामा परेको स्पष्ट हुन्छ । नयाँ रूपान्तरणकारी सेक्टरमा सरकारले बजेट विनियोजन नगरे पनि बजेटमा ‘डिजिटल अर्थतन्त्र अपनाइनेछ’ भनिएको छ । आईटी क्षेत्रको विकासमा जोड नदिने तर डिजिटल अर्थतन्त्रको नीति लिएको सरकारले उक्त नीतिलाई कसरी कार्यान्वयन गर्छ भन्नेमा प्रश्न उठेको छ ।

Read More
  • MBL - below news