दुई हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्न सेबोनबाट अनुमति पाए, कुन कम्पनीको कति कित्ता आईपीओ आउने ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
दुई हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्न सेबोनबाट अनुमति पाए, कुन कम्पनीको कति कित्ता आईपीओ आउने ?

काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनले आईपीओ निष्कासन गर्नका लागि दुई हाइड्रोपावर कम्पनीलाई अनुमति दिएको छ । सेबोनले मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेड र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । 

मनकामना इन्जिनियरिङ्गले २८ लाख कित्ता आईपीओ निष्कासन गर्न सेबोनबाट अनुसार ५ गते अुनमति पाएको हो । विक्री प्रबन्धक बि.ओ.के क्यापिटल मार्केट लिमिटेड रहेको छ । 
त्यस्तै भगवती हाइड्रोपावरले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न सेबोनबाट असार ६ गते अनुमति पाएको हो । अनुमति पाएसँगै कम्पनीले अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम मूल्य थप गरी प्रतिकित्ता रू.११६ मा १४ लाख ३० हजार १६२ कित्ता आईपीओ निष्कासन गर्नेछ । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

Read More
  • EBL Ad news