थ्रीस्टार हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्ममा करिब ११ लाखको आवेदन, ६१ हजार ३१६ ले मात्रै शेयर पाउने


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
थ्रीस्टार हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्ममा करिब ११ लाखको आवेदन, ६१ हजार ३१६ ले मात्रै शेयर पाउने

थ्रीस्टार हाइड्रोपावर लिमिटेडले असार ५ गतेदेखि आज ८ गते अन्तिम दिनसम्म निष्काशन गरेको आईपीओमा करिब ११ लाखको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार साँझ ५ः०५ बजेसम्ममा १० लाख ९२ हजार २८९ जना आवेदकबाट १ अर्ब १९ करोड ८७ लाख ३६ हजार रुपैयाँ बराबरको १ करोड १९ लाख ८७ हजार ३६० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणलाई निष्काशनमा ल्याएको ६ लाख १३ हजार १६२ कित्ता शेयरको १९.५५ गुणा बढी हुन आउँछ ।

कम्पनीले जारी पूँजी ४९ करोड २५ लाख रुपैयाँको २५ प्रतिशतले दरले हुने आउने १२ करोड ३१ लख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

Read More
  • EBL Ad news