क्रेडिट रेटिङ्ग प्रभावित पारेको भन्ने कुरामा कुनै सत्यता छैन, लगानी विरोधि समुहबाट प्रायोजित रुपमा हमला भयो : घोराहि सिमेन्ट


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
क्रेडिट रेटिङ्ग प्रभावित पारेको भन्ने कुरामा कुनै सत्यता छैन, लगानी विरोधि समुहबाट प्रायोजित रुपमा हमला भयो : घोराहि सिमेन्ट

घोराहि सिमेन्ट ईण्डष्ट्रिले एक विज्ञप्ति जारी गर्दै लगानी विरोधि समुहबाट प्रायोजित रुपमा आईपिओ सेयरको अवधि पारेर उद्योगको व्यावसायिक प्रतिष्ठा माथी नकारात्मक असर पुयाउने भ्रमपूर्ण र गलत सूचना  निकालिएको आरोप लगाएको छ। 

विज्ञप्तिमा भनिएको छ  "सेयरको सार्वजनिक निष्काशन हुनु भन्दा पहिले कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्ड लगायत बिभिन्न नियामक निकायहरुको पूर्ण सहभागिता रहेको हुन्छ । निष्काशनको अनुमती प्राप्त गर्ने सन्दर्भमा उधोगबाट पेश भएका विवरण पत्र, वितिय विवरण, तथा क्रेडिट रेटिङ्ग प्रतिवेदन लगायतका सम्पूर्ण कागजात तथा विवरणहरुको जिम्मेवारी लिन उद्योग सदैब तत्पर छ । धितोपत्र बोर्डद्धारा स्वीकृत  भए पश्चात निष्काशन प्रक्रिया सुरु भई प्रभावित क्षेत्रका स्थानिय जनता, वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरु, कम्पनीका कर्मचारी तथा म्युचुअल फण्डलाई सम्पूर्ण प्रकृया सम्पन्न गरि सेयर बाँडफाँड भईसकेको अवस्था छ । सर्वसाधारणको लागि खुल्ला भएको अवधिको चौथो कार्य दिनको अन्तिम समयमा भएको स्थगनको निर्णयले शेयर निष्काशन प्रक्रियामा अवरोध उत्पन्न हुन पुगेको छ । सार्वजानिक निष्काशन स्थगन गर्ने पत्रमा घोराहि सिमेन्टलाई बोधार्थ मात्र दिईएको छ ।"

Read More
  • EBL Ad news