थ्रीस्टार हाइड्रोपावरको आइपीओमा यसरी लाग्दैछ आवेदकको ओइरो


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
थ्रीस्टार हाइड्रोपावरको आइपीओमा यसरी लाग्दैछ आवेदकको ओइरो

काठमाडौं : थ्रीस्टार हाइड्रोपावरको आइपीओमा ८५ करोड २६ लाख ३५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (असार ७ गते) अपरान्ह ५.५ बजेसम्म ७ लाख ६५ हजार ६८४ जनाले ८५ लाख २६ हजार ३५० कित्ताका लागि आवेदन दिएका हुन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १३.९० गुणा बढी आवेदन हो । 

कम्पनीले असार ५ गतेदेखि १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो । यसमध्ये १०% अर्थात् ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यसअघि नै निष्कासन गरिसकेको छ । साथै, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई पनि ४ लाख ९२ हजार ५०० कित्ता सेयर निष्कासन गरिएको थियो । 

Read More
  • EBL Ad news