काठमाडौँ — साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ४.७५ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०५५ अंकमा पुगेको छ । दिनभर कुल ३ अर्ब ४४ करोडको कारोबार भयो । हिजो ३ अर्ब ४९ करोडको कारोबार भएको थियो ।
कुल ७४ कम्पनीको मूल्य बढेको छ भने १४७ को घटेको छ । ४ कम्पनीको मूल्य स्थिर रहृयो । यस दिन पनि होटल तथा पर्यटन उपसमूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । सो उपसमूह ८ प्रतिशत बढ्यो । बैंकिङ ६.९, विकास बैंक २३, फाइनान्स ४, जलविद्युत् ४०, उत्पादन २३, माइक्रोफाइनान्स २४ र ब्यापार उपसमूह ८ अंक घटे । होटल ४४८, जीवन बीमा ३५९, निर्जीवन बीमा २९५ र अन्य उपसमूह ११ अंक बढे ।





