नेपाल रिपब्लिक मिडियाको आईपीओ असार ११ गते बाँडफाँट हुने, कति जनाले पाउँछन् शेयर ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल रिपब्लिक मिडियाको आईपीओ  असार ११ गते बाँडफाँट हुने, कति जनाले पाउँछन् शेयर ?

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओ असार ११ गते अर्थात सोमवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सका हिजो अर्थात बुधवार प्रि अलोटमेन्ट सम्पन्न गरी आगामी सोमवार बाँडफाँट गर्ने तयारी  गरिएको हो । कम्पनीको आईपीओमा अन्तिमदिनसम्ममा १२ लाख ८२ हजार ३६३ जना आवेदकबाट १ करोड २९ लाख २३ हजार ३८० कित्ताका लागि आवेदन परेको थियो । यो आवेदन सर्वसाधारणको लागि निष्कासन गरेको शेयरको ३ दशमलव ८४ गुणा बढी हो । जस अनुसार कम्पनीको आईपीओ ३ लाख ६१ हजार ९८९ जना आवेदकले १० कित्ताका दरले पाउनेछन् भने भाग्यमानि एक जना आवेदकले ११ कित्ता शेयर पाउनेछन् । 

कम्पनीले जारी पूँजी रू.९६ करोड ७५ लाख ४४ दशमलव ९९ प्रतिशत अर्थात रू. ४३ करोड ५३ लाख बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ लाख ५३ हजार कित्ता शेयर आईपीओ निष्कासनका लागि छुट्याएको छ । सोमध्ये १० प्रतिशत अर्थात ४ लाख ३५ हजार ३०० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपालीहरुको लागि निष्कासन गरिसकेको छ ।

Read More
  • EBL Ad news