घोराहीको आईपिओमा धितोपत्र बोर्डले दोषी देखाएपछि बोल्यो केयर रेटिङ्स


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
घोराहीको आईपिओमा धितोपत्र बोर्डले दोषी देखाएपछि बोल्यो केयर रेटिङ्स

घोराही सिमेन्टको आईपिओमा शंकास्पद विवरण पेश गरेको आरोप खेपेको रेटिंङ एजेन्सी केयर रेटिङ्स नेपालले प्रतिकृया दिएको छ। घोराही सिमेन्टको रेटिंङबारे धितोपत्र बोर्डले सोधेको जवाफ आफुले बोर्डले तोकेको समयमा नै बुझाएको केयर रेटिङ्स नेपालले बताएको छ। 

कम्पनीका अनुसार रेटिंङसँगमात्र आफुहरुको सम्बन्ध हुने भएकाले रेटिंङलाई लिएर गरिएको प्रश्नको जवाफ पठाईसकिएको छ।  घोराही सिमेन्टको आईपिओ बिक्री वितरण प्रकृयामा आफुहरुको कुनै सम्बन्ध समेत नभएको केयर रेटिंङले बिजपाटीलाई बताएको छ। 

'आईपिओ के भएको छ , हामीलाई जानकारी छैन। सेबोनले सोधेको जवाफहरु हामीले सेबोनले भनेकै समयमा दिइसकेका छौ। आईपिओको विषयमा सेबोनले के गरिरहेको छ त्यसको जानकारी छैन' केयर रेटिङस नेपालका प्रमुख कार्यकारी अधिकृत अचिन निर्वानीले बिजपाटीले भने।

Read More
  • EBL Ad news