थ्रीस्टार हाइड्रोपावर लिमिटेडले असार ५ गतेदेखि निष्काशन गरेको आईपीओमा करिब साढे ४ लाखको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बुधबार साँझ ५ः०५ बजेसम्ममा ४ लाख ४८ हजार ६३७ जना आवेदकबाट ५० करोड ३१ लाख ५३ हजार रुपैयाँ बराबरको ५० लाख ३१ हजार ५३० कित्ता शेयरको लागि आवेदन परेको हो ।
यो सर्वसाधारणलाई निष्काशनमा ल्याएको ६ लाख १३ हजार १६२ कित्ता शेयरको ८.२० गुणा बढी हुन आउँछ ।
कम्पनीले जारी पूँजी ४९ करोड २५ लाख रुपैयाँको २५ प्रतिशतले दरले हुने आउने १२ करोड ३१ लख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता शेयर निष्काशनमा ल्याएको हो ।
त्यस मध्ये १० प्रतिशत अर्थात ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको ४ लाख ९२ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित स्थानीयहरुलाई निष्काशन गरी बाँडफाँट गरिसकेको छ । बाँकी रहेको ७ लाख ३८ हजार ७५० कित्ता शेयर मध्ये बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि १० प्रतिशत अर्थात ७३ हजार ८७५ कित्ता,सामुहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात ३६ हजार ९३८ कित्ता र कर्मचारीहरुका लागि २ प्रतिशत अर्थात १४ लाख ७७५ कित्ता शेयर निष्काशन गरेर बाँडफाँट गरिसकेको छ । त्यस पश्चात बाँकी भएको ६ लाख १३ हजार १६२ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।
कम्पनीले निष्काशन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले असार ८ गतेसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्युनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।






