बुधबार नेप्से परिसूचक १४.०५ अंकले घटेको छ।
यस दिन नेप्से ०.६८ प्रतिशतले घटेर २०५०.७८ बिन्दुमा पुगेको छ।
बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन ४ अर्ब ११ करोड ६ लाख ६ हजार ९५३ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ३ अर्ब ४९ करोड ८ लाख १६ हजार २०३ रुपैयाँमा सीमित भएको छ।
यस दिन २७१ वटा धितोपत्रको ८६ लाख ३९ हजार ६४४ कित्ता सेयर किनबेच भएको हो।






