६ महिनापछि भारतीय शेयर बजारमा बन्याे नयाँ रेकर्ड


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
६ महिनापछि भारतीय शेयर बजारमा बन्याे नयाँ रेकर्ड

बुधबार भारतीय शेयर बजारले नयाँ रेकर्ड बनाएको छ । आजकाे सुरूवाती काराेबारमा अल टाइम हाई हुँदै सेन्सेक्स ६३,५८८.३१ काे विन्दुमा पुगेको छ ।

यसअघि,२०२२ डिसेम्बरमा सेन्सेक्सको अलटाईम हाई ६३,५८३.०७ पुगेकाे थियो। अहिले सेन्सेक्स १६२ अंकभन्दा बढीले बढेर ६३,४१२ को स्तरमा कारोबार भइरहेको छ । सेन्सेक्सका ३० स्टकमध्ये १६ काे शेयरमूल्य बढेकाे छ भने १४ वटाकाे शेयरमूल्य घटेकाे छ ।

सेन्सेक्ससँगै निफ्टी पनि हालसम्मकै उच्च विन्दुकाे नजिक छ । निफ्टीकाे हालसम्मकाे उच्च रेकर्ड १८,८८७.६०काे विन्दु हो। बुधबार सुरूवातकाे काराेबारमा निफ्टी १८,८५० विन्दुभन्दा माथि पुगेकाे थियाे । निफ्टीमा अधिकांश सेक्टरल परिसूचकहरू हरियो भएका छन्। यसैगरी, बैंक, अटोदेखि रियल्टी र मिडिया क्षेत्रमा उछाल आएको छ । हेल्थकेयर, फार्मा र मेटलमा भने गिरावट देखिएको छ। अहिले निफ्टी केहि घटेर निफ्टी १८,८२५ विन्दुमा कारोबार भइरहेको छ । 

 

१५ वर्षमा १० हजारबाट ६० हजारसम्म पुग्यो बजार

१९९० जुलाई २५मा, बीएसइ सेन्सेक्स पहिलो पटक एक हजारको स्तर छोएकाे थियाे। एक हजारबाट १० हजारसम्म पुग्न करिब ९६ वर्ष लागेकाे थियाे । सेन्सेक्स २००६ फेब्रुअरी ६ मा १०,००० काे विन्दुमा पुगेकाे थियाे । तर १०,००० विन्दुदेखि ६०,००० विन्दुसम्मको यात्रा १५ वर्षमा मात्र पुरा भएकाे छ ।

Read More
  • EBL Ad news