घोराही सिमेन्टको आईपीओमा १ करोड २० लाख ‘फर्जी’ आवेदन, यी हुन् ‘फर्जी’ आवेदन दिने १२ जना लगानीकर्ता…


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
घोराही सिमेन्टको आईपीओमा १ करोड २० लाख ‘फर्जी’ आवेदन, यी हुन् ‘फर्जी’ आवेदन दिने १२ जना लगानीकर्ता…

काठमाडौं । घोराही सिमेन्टको आईपीओमा बैंक खातामा पैसा नै नभई आवेदन दिने को हुन् भन्ने तथ्य पत्ता लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मागेपछि सो विवरण खोजिएको हो । यसरी आईपीओमा फर्जी आवेदन दिने १२ जना रहेको पाइएको छ । उनीहरुलाई पक्राउ गरी अनुसन्धान गर्ने र मुद्धा चलाउने कि सामान्य कारवाही मात्र गर्ने भन्ने विषयमा धितोपत्र बोर्ड आन्तरिक तयारीमा छ ।

१० लाख कित्ताका लागि आवेदन दिँदा बैंक खातामा कम्तीमा ४३ करोड ३५ लाख हुनुपर्नेमा उक्त रकम खातामा नभएको पाइएपछि १२ जनाको आवेदन अस्वीकृत मात्र भएको छैन, बरु यहि प्रकरणले घोराही सिमेन्टको आईपीओनै रद्ध भएको छ । यसरी कम्पनीको आईपीओमा फर्जी आवेदन दिनेमा भक्तपुरको अनन्तलिंगेश्वर–१ का प्रेमप्रसाद आचार्य, उज्जवल आचार्य र भक्तपुरकै मध्यपुर ठिमी नगरपालिका–३ की श्रीजा पोखरेल छन् ।

Read More
  • EBL Ad news