काठमाडौं : थ्रीस्टार हाइड्रोपावरको आइपीओमा २५ करोड ५६ लाख २४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार अपरान्ह ४.४४ बजेसम्म २ लाख २५ हजार ३१९ जनाले २५ लाख ५६ हजार २४० कित्ताका लागि आवेदन दिएका हुन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ४.१६ गुणा बढी आवेदन हो ।
कम्पनीले आज (असार ५ गते) देखि १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो । यसमध्ये १०% अर्थात् ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यसअघि नै निष्कासन गरिसकेको छ । साथै, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई पनि ४ लाख ९२ हजार ५०० कित्ता सेयर निष्कासन गरिएको थियो ।






