काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको मंगलबार दोहोरो अंकले घटेको छ । आज नेप्से २६.५६ अंकले घटेर दुई हजार ६४ दशमलब ८३ विन्दुमा बन्द भएको छ । सोमबार २.९४ अंकले घटेर दुई हजार ९१ दशमलब ३९ विन्दुमा बन्द भएको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज चार अर्ब ११ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार चार अर्ब ७४ करोड ६ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका २८ कम्पनीको शेयरमूल्य बढेको छ भने १९३ कम्पनीकोे शेयरमूल्य घटेको छ । २ वटाको शेयरमूल्य स्थिर रहेको छ ।






