काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा इङवा हाइड्रोपावरको सेयर कारोबार सुरु भएको छ । मंगलबार स्पेशल प्रि ओपनिङ सेसनमा प्रतिकित्ता २९१.८० रुपैयाँ दरले यसको पहिलो कारोबार भएको हो । अब सोही भाउलाई आधार मानेर इङवा हाइड्रोपावरको नियमित सेयर कारोबार हुनेछ ।
कम्पनीको चुक्ता पुँजीका आधारमा कायम कुल ६० लाख कित्ता सेयर सोमबार सूचीकृत भएको थियो । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता ९७.२९ रुपैयाँदेखि २९१.८७ रुपैयाँसम्म तोकेको थियो । सोही रेन्जको अधिकतम विन्दुबाट पहिलो कारोबार भएको हो । ‘आइएचएल’ संकेतमा यसको सेयर कारोबार सुरु भएको छ ।






