१० कारोबार दिनमा बढेका १० कम्पनी, कुन कुन हुन् ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
१० कारोबार दिनमा बढेका १० कम्पनी, कुन कुन हुन् ?

साेमबार सामान्य करेक्सन आएपनि त्यसअघिका ९ करोबार दिन शेयर बजार निरन्तर रुपमा बढ्न पुग्याे। बजार निरन्तर बढ्दो गति समाउँदै गर्दा क्षेत्रगत रुपमा सूचक करेक्सन हुँदै बजार बढेको देखिन्छ ।

यस अवधिमा नेप्से सूचक ८.४९ प्रतिशतले बढेको छ । यस अवधिमा ९ कारोबार दिन सकारात्मक रहेको बजार असार ४ गते सोमबार नेप्से सूचक सामान्य करेक्सन भएर बन्द भयो । यो अवधिमा होटल,जीवन बीमा,निर्जीवन बीमा कम्म्पनी र उत्पादन तथा प्रशोधन उप समूहको कम्पनीहरुमा लगानीकर्ताको आकषर्ण बढ्दो देखिन्छ ।

यस्तो अवस्थामा बजार सबैभन्दा धेरै शेयर मूल्य बढेका १० कम्पनीलाई आहिले छनोट गरेका छौ । यस अवधिमा बैशाख २१ गतेदेखि दोस्रो बजारमा कारोबार सुरु गरेको बिपिडब्यू लघुवित्तको शेयर मूल्य सबै भन्दा धेरै प्रतिशतले बढेको छ । पछिल्लो १० कारोबार दिनमा यस कम्पनीको शेयर मूल्य ५९.९९ प्रतिशतले बढेको छ । दोस्रो बजारमा कारोबारमा आएदेखि यस कम्पनीको शेयर मूल्यमा करेक्सन भएको छैन ।

Read More
  • EBL Ad news