घोराही सिमेन्टको आईपीओ स्थगन गर्न धितोपत्र बोर्डको निर्देशन


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
घोराही सिमेन्टको आईपीओ स्थगन गर्न धितोपत्र बोर्डको निर्देशन

काठमाडौं । घोराही सिमेन्टको आईपीओ स्थगन गर्न धितोपत्र बोर्डले निर्देशन दिएको छ । सोमबार बसेको बोर्डको बैठकले कम्पनीको आईपीओ स्थगत गर्न निर्देशन दिएको हो ।

कम्पनीको सार्वजनिक निष्कासनमा माग भन्दा बढी कित्ता सेयरको लागि आवेदन परेको भए पनि कम्पनीले आईपीओको समयावधि थप गर्न सूचना प्रकाशित गरेपछि आईपीओ स्थगन गर्न निर्देशन दिएको बोर्डले जनाएको छ ।

‘कम्पनीको सार्वजनिक निष्काशनमा माग भन्दा वढी कित्ता शेयरको लागि आवेदन प्राप्त भइसकेको अवस्थामा समेत सार्वजनिक निष्काशनको समयावधि थप गर्न सूचना प्रकाशित गरेको देखिएको सन्दर्भमा सर्वसाधारण लगानीकर्ताहरुको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर गर्दै उक्त कम्पनीको रेटिङ्ग र सार्वजनिक निष्काशन सम्बन्धी कैफियतको जाँचबुझका लागि हाललाई घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको सार्वजनिक निष्काशनको सम्पूर्ण प्रक्रिया स्थगन गर्न निर्णयानुसार जानकारी गराइन्छ ।’– बोर्डको निर्देशनमा भनिएको छ ।

Read More
  • EBL Ad news