बैंक खातामा पैसा नभई सेयर भरेमा कारबाही हुने


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बैंक खातामा पैसा नभई सेयर भरेमा कारबाही हुने

काठमाडौँ — पैसा नभएको वा सेयरका लागि अपुग रकम भएको बैंक खाताबाट सेयर भरेमा अब कारबाही हुने भएको छ । सीडीएस एण्ड क्लियरिङले एक सूचना सार्वजनिक गर्दै आवश्यक मौज्दात नभएको खाताबाट सेयर भरेमा कारबाही हुने जनाएको हो ।

हालसम्म त्यस्तो अवस्थामा सेयर आवेदन रद्द मात्रै हुँदै आएको थियो । ‘संगठित संस्थाले जारी गरेको सार्वजनिक निस्कासन (सेयर) भर्दा आफ्नो बैंक खातामा मौज्दात नराखी वा खातामा मौज्दात रहेकोभन्दा बढी रकमको आवेदन दिई संस्थाले जारी गरेको धितोपत्रको सार्वजनिक निस्कासनमा प्राप्त आवेदनको संख्या तथा परिमाणलाई प्रभावित पार्ने कार्य गरेमा सो कार्य धितोपत्र सम्बन्धी ऐन २०६३ अनुसार झूटा एवम् जालसाजीयुक्त कारोबार हुने भएकाले यस्ता कार्य गर्ने व्यक्ति वा संस्थालाई सो ऐनअनुसार कारबाही हुने ब्यहोरा जानकारी गराउाछौं’ सीडीएस एण्ड क्लियरिङको सूचनामा भनिएको छ ।

Read More
  • EBL Ad news