घोराही सिमेन्टको आईपीओमा झुटा आवेदनबारे सीडीएससीले गरायो बोर्डलाई जानकारी


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
घोराही सिमेन्टको आईपीओमा झुटा आवेदनबारे सीडीएससीले गरायो बोर्डलाई जानकारी

४ असार, काठमाडौं । घोराही सिमेन्टको आईपीओमा झुटा आवेदन परेको देखिएपछि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले नेपाल धितोपत्र बोर्डलाई जानकारी गराएको छ । सोमबार एक सूचना जारी गर्दै अध्ययन गर्न नेपाल धितोपत्रको सार्वजनिक निष्कासनमा हुने झुटा आवेदन नदिने सचेत गराएको सीडीएस एण्ड क्लियरिङले घोराही सिमेन्टको आईपीओमा त्यस्तो आवेदन देखिएपछि बोर्डलाई पनि जानकारी गराएको हो ।

कम्पनीको आईपीओमा ठूलो संस्थाको सेयरको लागि आवेदन दिएको तर, बैंक खातामा पैसा नहुँदा ‘रिजेक्ट’ भएपछि झुटा आवेदन देखिएकोले बोर्डलाई जानकारी गराएको सीडीएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले बताए ।

Read More
  • EBL Ad news