आईतबारदेखि मेरो शेयरको पोर्टफोलियोमा समस्या देखिएको छ । सीडिएस एण्ड क्लियरिङको मेरो शेयर पोर्टफोलियो फिचरमा नयाँ बजार मूल्य आधारमा मूल्य परिमार्जन नहुने समस्या आएको हो ।
बजारको सूचक बढेसँगै आफ्नो लगानी कति बढ्यो भनेर हेर्दा पोर्टफोलियोमा कुनै घट्बढ् नभएर पुरानै मूल्य देखिएकाे थियाे । आईतबारको नेप्स्से परिसूचक ५२.२६ बढ्दा समेत मेरो शेयर पोर्टफोलियो नबढ्दा लगानीकर्ताहरु निराश हुन । मेरो शेयरमा साेमवार पनि समस्या देखिएकाे छ ।






