बिंग च्याटबटपछि माइक्रोसफ्टले अब विन्डोजमा समेत आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सुविधा ल्याउने घोषणा गरेको छ ।
माइक्रोसफ्टले आफ्नो कम्प्युटर अपरेटिंग सिस्टम विन्डोजमा एआई लागू गर्ने मनसाय केही महिनाअघि नै बनाएको थियो ।
माइक्रोसफ्ट बिल्ड २०२३ ले एआईको सन्दर्भमा विन्डोजमा आउने नयाँ फिचर्सलाई विस्तृतमा समीक्षा गर्ने अवसर प्रदान गरेको छ ।
कम्पनीले आगामी वर्ष विन्डोज १२ लञ्च गर्दा नै विन्डोजमा आर्टिफिसियल इन्टेलिजेन्स आबद्ध गर्ने तयारी गरेको छ । जसमा एआईमा आधारित टेक्स्ट टू स्पीच फिचर रहनेछ ।
डेस्कटप प्रयोगकर्ताका लागि भ्वाइस इनपुट फिचर
केही समयअघि सम्म केवल मोबाइल बिंग च्याट प्रयोगकर्ताले मात्र भ्वाइस इनपुट फिचर प्रयोग गर्न पाउँथे । तर अब माइक्रोसफ्टले डेस्कटप प्रयोगकर्ताका लागि पनि यो फिचर उपलब्ध गराएको छ ।








