ग्लोबल आइएमई क्यापीटलले बि.ओ.के.क्यापिटल मार्केटलाई गाभ्ने प्रयोजनका लागि बोलाइएको विशेष साधारणसभा सम्पन्न


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ग्लोबल आइएमई क्यापीटलले बि.ओ.के.क्यापिटल मार्केटलाई गाभ्ने प्रयोजनका लागि बोलाइएको विशेष साधारणसभा सम्पन्न

ग्लोबल आइएमई बैंक लि.को सहायक कम्पनी ग्लोबल आइएमई क्यापीटल लि.ले कम्पनी ऐन, २०६३ बमोजिम विधिवत दर्ता भई नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ बमोजिम सञ्चालन भई विगत १५ (पन्ध्र) वर्षदेखि सेवा प्रदान गर्दै आएको छ । 

ग्लोबल आइएमई बैंक लि. र साविक बैंक अफ काठमाण्डु लि. एक आपसमा गाभिई मिति २०७९ पुष २५ गतेदेखि एकीकृत रुपमा वित्तीय कारोबार सञ्चालन भैसकेको अवस्थामा नेपाल धितोपत्र बोर्डबाट जारी धितोपत्र व्यवसायी  (मर्चेन्ट बैंकर) नियमावली, २०६४ बमोजिम सहायक कम्पनी स्थापना गरी मर्चेन्ट बैंकिङ्ग व्यवसाय सञ्चालन गरिरहेका बैंक वा वित्तीय संस्था एक आपसमा गाभिएमा वा कुनै एकले प्राप्त (मर्जर वा एक्विजिसन) गरेमा एक मात्र सहायक कम्पनी कायम गरी मर्चेन्ट बैंकिङ्ग व्यवसाय सञ्चालन गर्नुपर्ने र सो कार्य बैंकहरु गाभिएको ६ महिनाभित्र सम्पन्न गरी एक मात्र सहायक कम्पनी कायम गरी सक्नु पर्ने व्यवस्था रहेकाले ग्लोबल आइएमई क्यापीटल लि. र बि.ओ.के. क्यापिटल मार्केट लि. एक आपसमा गाभिई एउटै कम्पनी बनाउने प्रयोजनको निमित्त आज मिति २०८०/०३/०३ गते आईतबारको दिन सम्पन्न भएको विशेष साधारण सभाले बि.ओ.के. क्यापिटल मार्केट लि.लाई गाभ्ने प्रस्ताव सर्वसम्मतीका साथ पारित गरेको छ ।

साथै, यस कम्पनीका विभिन्न गतिविधिहरु सफलताका साथ सम्पन्न गर्न निरन्तर सहयोग प्रदान गर्नुहुने मुख्य कम्पनी ग्लोबल आइएमई बैंक लि., शेयरधनी महानुभावहरु, सञ्चालकहरु, कर्मचारी वर्ग, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, सिडिएस एण्ड क्लियरिङ्ग लि., नेपाल स्टक एक्सचेन्ज लि., आम सञ्चार माध्यम लगायत यस कम्पनीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनुहुने सम्पूर्ण सरोकारवालाहरु प्रति ग्लोबल आइएमई क्यापीटल लिमिटेड हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्दछ ।

  • MBL - below news