काठमाडौं । आइतवार तीन कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । नयाँ सारथी लघुवित्तको १९ प्रतिशत, साना किसान विकास लघुवित्तको २६ प्रतिशत र उपकार लघुवित्तको ६१ दशमलव ७५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नयाँ सारथी लघुवित्तको ५ लाख ७६ हजार ४५० दशमलव ९९ कित्ता, साना किसान विकास लघुवित्तको ४० लाख ६७ हजार ४७५ दशमलव ६९१८ कित्ता र उपकार लघुवित्तको ४ लाख ५ हजार २३२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।






