विदेशी लगानीकर्ताले भारतीय सेयर बजारलाई नयाँ उचाइतर्फ लैजाँदै


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
विदेशी लगानीकर्ताले भारतीय सेयर बजारलाई नयाँ उचाइतर्फ लैजाँदै

काठमाडौं : भारतीय सेयर बजारलाई चलायमान बनाउँन विदेशी पोर्टफोलियो लगानीकर्ता (एफपीआई) को निकै ठूलो भूमिका रहेको छ । भारतमा अधिकांश समय विदेशी लगानीकर्ताले खरिद बढाए सेयर बजार पनि बढ्ने र बिक्री बढाए सेयर बजार पनि घट्ने हुँदै आएको छ । शुक्रबार मात्रै भारतीय सेयर बजारले इतिहासकै उच्च क्लोजिङ विन्दु कायम गरेको थियो । 

शुक्रबार भारतको प्रमुख सेयर बजार सूचकहरु  ‘बीएसई सेन्सेक्स’ ६३,३८४.५८ र ‘निफ्टी ५०’ १८,८२६ को रेकर्ड विन्दुमा क्लोज भएका छन् । सेन्सेक्स र निफ्टी रेकर्ड विन्दुमा पुर्याउन विदेशी पोर्टफोलियो लगानीकर्ताहरुको भूमिका महत्वपूर्ण देखिन्छ । एफपीआईले लगातार चौथो भारतीय सेयर खरिद कायम राखेपछि बजार रेकर्ड विन्दुमा पुगेको हो । 

Read More
  • EBL Ad news