सेयर बजारमा ५२ अंकको छलाङ, बैंकिङ उपसमूह घट्यो


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर बजारमा ५२ अंकको छलाङ, बैंकिङ उपसमूह घट्यो

काठमाडौँ — साताको पहिलो दिन आइतबार सेयर बजारले ५२.२ अंकको छलाङ मारेको छ । बैंकिङ उपसमूहमा आएको गिरावटका बाबजुत अरु उपसमूहमा उच्च वृद्धि आएपछि परिसूचक ५२.२६ अंक बढेर २०९४ अंकमा कायम भएको हो ।

कुल ४ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भयो । १९० कम्पनीको मूल्य बढ्यो भने २८ को घट्यो, ४ को स्थिर रहृयो ।

यस दिन बैंकिङ उपसमूह ३.५५ अंक घट्यो भने अरु सबै बढे । विकास बैंक ५०, फाइनान्स ३५, होटल तथा पर्यटन २९४, जलविद्युत् १०२, जीवन बीमा ६९४, उत्पादन १४२, माइक्रोफाइनान्स १०३, निर्जीवन बीमा ५००, अन्य ८६ र ब्यापार उपसमूह ८७ अंक बढे । प्रतिशतका आधारमा जीवन बीमा सबैभन्दा धेरै ६.३, होटल ६.१ र अन्य उपसमूह ६ प्रतिशत बढे ।

Read More
  • EBL Ad news