फिनटेक सेन्टर नेपालद्वारा डिजिटल बैंकिङ सम्बन्धी एकदिने कार्यशाला गोष्ठि सम्पन्न


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
फिनटेक सेन्टर नेपालद्वारा डिजिटल बैंकिङ सम्बन्धी एकदिने कार्यशाला गोष्ठि सम्पन्न

काठमाडौं । फिनटेक सेन्टर नेपालले विभिन्न बैंक तथा वित्तीय संस्थाका वरिष्ठ कार्यकारीहरूलाई असार १ गते शुक्रबार आर्यन बुटिक होटल काठमाडौंमा डिजिटल बैंकिङ सम्बन्धी वर्कशप कार्यशाला गोष्ठि सम्पन्न भएको छ ।

सो कार्यशालाका स्रोत व्यक्तिको रूपमा आईटी विज्ञ तथा डिजिटल इन्टरप्राइज आर्किटेक्ट विवेक राणा थिए । उनको कार्यपत्र प्रस्तुतिकरण अनुसार नेपालमा डिजिटल बैंकिङमा कसरी सहज सरल र अझ विश्वसनीय ढंगले सुविधा प्रदान गर्न सकिन्छ भन्नेमा केन्द्रित थियो ।

प्रथम सत्रमा डिजिटल बैंकिङ ड्राइभर र डिजिटल इको सिस्टम इन नेपाल सम्बन्धी प्रस्तुतिकरण, दोस्रो सत्रमा डिजिटल स्ट्राटिजिज र डिजिटल बैंकिङ सम्बन्धी परिचय तथा अवधारणा प्रस्तुतिकरण, तेस्रो सत्रमा सेटिङ अप डिजिटल बैंकिङ प्रस्तुतिकरण साथै डिजिटल बैंकिङ सम्बन्धी केश स्टडिज र सहभागीहरुबाट प्रस्तुतिकरण रहेको थियो ।

Read More
  • MBL - below news