घोराही सिमेन्टको आइपीओमा ९८ लाखभन्दा धेरै कित्ताका लागि पर्यो आवेदन, कतिले भरे ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
घोराही सिमेन्टको आइपीओमा ९८ लाखभन्दा धेरै कित्ताका लागि पर्यो आवेदन, कतिले भरे ?

काठमाडौं : प्रिमियम भाउमा खुला भएको घोराही सिमेन्टको आइपीओमा ४ अर्ब २६ करोड ४० लाख ७० हजार १०० रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज दोस्रो दिन (असार १ गते) साँझ ५ः०५ बजेसम्ममा २ लाख ८८ हजार ४५६ जना सर्वसाधारण लगानीकर्ताले ९८ लाख २ हजार ४६० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १.४१ गुणा बढी आवेदन हो । 

कम्पनीले बिहीबार (जेठ ३२ गते) देखि सर्वसाधारणका कुल ६९ लाख ११ हजार ६७० कित्ता आइपीओ निष्कासन गरेको हो । कम्पनीले १ सय अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले आइपीओ खुला गरेको हो । यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री गरिसकेको छ । 

Read More
  • EBL Ad news